प्यान नम्बर अद्यावधिक गर्न सिद्धार्थ बैंकको आग्रह

  २०८१ असार ३० गते ८:२४     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकलाई स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ ।

बैंकले आइतबार एक सूचना जारी गर्दै बैंकका ग्राहकहरूको निक्षेप खाताबाट गरिएको करकट्टीको विवरण सम्बन्धित ग्राहकको स्थायी लेखा नम्बरमा आबद्ध गर्नुपर्ने भएकाले स्थायी लेखा नम्बर लिएका ग्राहकहरुलाई प्यान नम्बर अद्यावधिक गर्न आग्रह गरेको जनाएको छ ।

ग्राहकहरूले बैंकको आधिकारीक वेबसाइट वा मोबाइल बैंकिङ एपमा रहेको प्यान अपडेटमार्फत वा आफूलाई पायक पर्ने नजिकको शाखामा सम्पर्क गरी आफ्नो स्थायी लेखा नम्बर अद्यावधिक गराउन सक्नेछन् ।

स्थायी लेखा नम्बर अद्यावधिक भएपश्चात ग्राहकहरूको करकट्टी विवरण (ई-टीडीएस) नम्बरमा प्रविष्ट हुने हुँदा आयकरको प्रणालीले स्वचालित रूपमा अनुसूची–१० मा करकट्टी विवरणको मिलान गर्ने हुँदा करकट्टी प्रमाणपत्र आफैले सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.