एनएमबी बैंकले ८.९९ प्रतिशतमा ईभी कर्जा दिने

  २०८१ साउन २ गते ७:४३     विकासन्युज

काठमाडौं । एनएमबी बैंकले ८.९९ प्रतिशत ब्याजदरमा विद्युतीय सवारी साधनहरू (ईभी) कर्जा दिने भएको छ । बैंकले ७ वर्ष अवधिका लागि ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ईभी गाडी खरिद गर्न कर्जा दिने भएको हो ।

विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विधुतिय गाडी सेग्मेन्टमा कम ब्याजदरमै लोन उपलब्ध गरेको बैंकले जनाएको छ ।

ग्राहकहरूले अब सजिलै आफ्नो विद्युतीय सवारी साधन फाइनान्स गरि दिगो भविस्य तर्फ योगदान दिन सक्नेछन् । लचिलो भुक्तानी विकल्पहरू र द्रुत स्वीकृति प्रक्रियाहरू सहित, ग्राहकहरूले सजिलै एनएमबी सुलव अटो लोन लिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.