होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

  २०८१ साउन ३ गते १३:३१     विकासन्युज

काठमाडौं । पर्यटन व्यवसायी तथा हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ ।

निमोनिया र बाथरोगबाट पीडित श्रेष्ठको बिहीबार ललितपुरस्थित मेडिसिटी हस्पिटलमा ९२ वर्षको उमेरमा निधन भएको होटल एसोसिएसन अफ नेपाल (हान) का अध्यक्ष विनायक शाहले बताए ।

सन् १९७७ मा द्वारिकाज होटल सञ्चालन आएकाे थियाे । श्रेष्ठले सन् १९९१ मा श्रीमान द्वारिकादास श्रेष्ठको निधनपछि होटलको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

महिला उत्थान र हेरिटज संरक्षणमा ५ दशक बिताएकी उनी फेडेरेसन अफ बिजनेस एन्ड प्रोफेसनल विमिन नेपालकी संस्थापक अध्यक्ष र नेपाल हेरिटेज सोसाइटीकी अध्यक्ष समेत थिइन् । उनी टानको संस्थापक अध्यक्ष पनि हुन् ।

श्रेष्ठ गोर्खा दक्षिणबाहु चौथो, त्रिशक्तिपट्ट, स्पेनबाट गोल्डेन माइक लगायतका पदकबाट सम्मानित समेत भएकी थिइन् ।