३५० रुपैयाँमा एशियन लाइफले पौने ३ लाख कित्ता सेयर बेच्दै

  २०८१ साउन १४ गते ७:०४     विकासन्युज

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले पौने ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । इन्स्योरेन्स कम्पनीका संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको २ लाख ७१ हजार ४६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

संस्थापक सेयरधनीबाट आफ्नो नाममा रहेको सेयरहरू बिक्री गर्नका लागि निवेदन आएपछि कम्पनीले बीमकको संस्थापक सेयर कारोबारसम्बन्धी निर्देशिका, २०७७ बमोजिम बिक्री प्रक्रिया अघि बढाएका कम्पनीले जनाएको छ ।

उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक हाल कायम संस्थापक सेयरधनीलाई प्राथमिकता दिएको थियो । तर, कुनै संस्थापक सेयरधनीले उक्त सेयर खरिद नगरेकाले सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र केन्द्रिय कार्यालय मैतीदेवी काठमाडौंमा निवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले सेयरको मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.