१ लाख कित्ता सेयर बेच्दै नेशनल लाइफ

  २०८१ साउन १७ गते ७:३१     विकासन्युज

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेको छ । इन्स्योरेन्स कम्पनीले दिवश विक्रम शाहको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो ।

शाहले आफ्नो स्वामित्वमा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयर खरिद गर्न इच्छक विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

यदि सो अवधिमा संस्थापक सेयरधनीको आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गर्ने कम्पनीले जनाएको छ ।