आधा दर्जन लघुवित्तमा ५ बीमा कम्पनीको लगानी

  २०८१ साउन १८ गते १२:३८     विकासन्युज

काठमाडौं । आधा दर्जन लघुवित्त वित्तीय संस्थामा बीमा कम्पनीहरूले लगानी गरेको पाइएको छ । विभिन्न ५ बीमा कम्पनीहरूले ६ लघुवित्तमा करिब साढे १६ करोड बढी लगानी गरेका हुन् ।

स्वाबलम्बन लघुवित्त, निर्धन उत्थान लघुवित्त, मिथिला लघुवित्त, महुलि लघुवित्त, फरवार्ड लघुवित्त र मेरोमाइक्रोफाइनान्स लघुवित्त संस्थामा सूर्यज्योति लाइफ, नेपाल लाइफ, नेशनल लाइफ, एशियन लाइफ र सन नेपाल लाइफले सेयर लगानी गरेका हुन् ।

लघुवित्त संस्थाहरूले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सूर्यज्योति लाइफ र नेपाल लाइफले ४ वटा लघुवित्त संस्थामा लगानी गरेका छन् । सूर्यज्योति लाइफले विभिन्न लघुवित्तमा ३ लाख ४ हजार ३६९ कित्ता र नेपाल लाइफले ६ लाख ४४ हजार ८९२ कित्ता सेयर लगानी गरेका हुन् ।

स्वाबलम्बन लघुवित्तमा सूर्यज्योति लाइफ र नेपाल लाइफले लगानी छ । जसमा सूर्यज्योति लाइफको ०.५६ प्रतिशत अर्थात् ७३ हजार ३५ कित्ता र नेपाल लाइफले ०.६८ प्रतिशत अर्थात् ८८ हजार ३६७ कित्ता सेयर लगानी गरेका हुन् ।

यस्तै निर्धन उत्थान लघुवित्तमा नेशनल लाइफ र नेपाल लाइफको लगानी रहेको छ । यस लघुवित्तमा नेशनल लाइफको २ प्रतिशत अर्थात् ५ लाख २२ हजार ४१५ कित्ता र नेपाल लाइफको ०.६८ प्रतिशत अर्थात् १ लाख ७८ हजार २५८ कित्ता सेयर लगानी छ ।

मिथिला लघुवित्तमा नेपाल लाइफको २.०८ प्रतिशत अर्थात् ४० हजार ७६६ कित्ता सेयर, महुलि लघुवित्तमा सूर्यज्योति लाइफको २.१० प्रतिशत अर्थात् ६७ हजार ७५९ कित्ता सेयर लगानी छ ।

फरवार्ड लघुवित्तमा विभिन्न तीन बीमा कम्पनी नेपाल लाइफ, एशियन लाइफ र सूर्यज्योति लाइफको लगानी रहेको छ । जसमा नेपाल लाइफको ३.२० प्रतिशत अर्थात् ३ लाख ३७ हजार ५ सय कित्ता, एशियन लाइफ र सूर्यज्योति लाइफको ०.८०÷०.८० प्रतिशत अर्थात् ८४ हजार ३७५ कित्ता सेयर स्वामित्व छ ।

मेरोमाइक्रोफाइनान्स लघुवित्तमा सन नेपाल लाइफको ०.७९ प्रतिशत अर्थात् १ लाख ४ हजार १४५ कित्ता र सूर्यज्योति लाइफको ०.६० प्रतिशत अर्थात् ७९ हजार २ सय कित्ता सेयर लगानी छ ।