कक्षा १२ को परीक्षामा ५२ प्रतिशत विद्यार्थी पास

  २०८१ साउन १८ गते १२:०७     विकासन्युज

काठमाडौं । परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा ५२ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।

गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए । सहभागी परीक्षार्थी मध्ये (५२.९१ प्रतिशत) उत्तीर्ण भएका छन् ।

देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी थिए । कक्षा १२ नतिजा पनि गत असारमा प्रकाशित एसइईको जस्तै लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन भएको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.