स्वास्थ्य बीमा बोर्डका कर्मचारी आन्दोलित

  २०८१ साउन २० गते १७:५८     विकासन्युज

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कर्मचारी शुक्रबारदेखि आन्दोलनमा रहेका छन् । आफ्ना माग बोर्डले नसुनेको भन्दै उनीहरू काम रोकेर आन्दोलनमा उत्रेका हुन् ।

एक शाखा अधिकृतले कार्यालयका अन्य कर्मचारीमाथि दुव्र्यवहार गरेकाले कार्वाहीको लागि माग गर्दा पनि बोर्डले नसुनेको भन्दै कामकाज रोकेर आन्दोलन गर्नुपरेको कर्मचारीले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयबाट काजमा बोर्डमा आएका शाखा अधिकृत शोभित रिजालले कर्मचारीलाई अनावश्यक कुरामा हैरानी गर्ने गरेको उनीहरूको भनाइ छ ।

कर्मचारीलाई बारम्बार हप्काउने, धम्क्याउने, कार्यकक्षमै अपशब्द बोल्दा कर्मचारीलाई मानसिक तनाव दिने गरेको भन्दै त्यहाँका कर्मचारीले विज्ञप्ति निकालेर कार्वाहीको माग गरेका छन् ।

रिजाललाई तीन दिन भित्र कार्वाही गर्न माग गर्दै विज्ञप्ति निकाले पनि सुनुवाइ नहुँदा आन्दोलनमा उत्रनुपरेको कर्मचारीले बताएका छन् ।