२०८१ साउन २० गते १८:२५ विकासन्युज
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बिजनेश एक्सलेन्स अवार्ड सम्पन्न भएको छ । शनिबार होटल सोल्टी काठमाडौंमा उक्त अवार्ड समारोह सम्पन्न भएको हो ।
आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख प्रवर्द्धक तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्य, कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईं तथा कम्पनीका ब्राण्ड एम्बासेडर दिपक राज गिरी र दिपाश्री निरौलाहरुको उपस्थितिमा भव्य कार्यक्रमकाबीच देशेभरिबाट भेला भएका एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुलाई सम्मानित गरिएको छ ।
उक्त समारोहमा आर्थिक वर्ष २०८०/०८१ मा उत्कृष्ट व्यवसाय गर्ने सातै प्रदेशबाट कम्पनीको मेरुदण्डको रुपमा रहेका अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई सम्मान गरिएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुयाँल, नायव प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्य (डिसिइओ), चिफ मार्केटिङ अफिसर (सिएमओ) गणेश चौलागाईं तथा आईएमईको रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका सञ्चालक समितिका सदस्यहरु र ब्राण्ड एम्बासेडरहरुका तर्फबाट गत आर्थिक वर्षभरी उत्कृष्ट बीमा ब्यवसाय गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुले अवार्ड प्राप्त गरेका थिए ।
उक्त समारोहमा कम्पनी प्रदेश प्रमुखहरु लगायत देशैभरीका अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.