२०८१ साउन २१ गते १६:०४ विकासन्युज
काठमाडौं । बीमाको रकम हत्यानका लागि पोखरामा एक युवाले आफ्नै पसलमा आगो लगाइदिएका छन् । स्याङ्गजाको आँधीखोला गाउँपालिकाका सुजन गहतराजले आफ्नै सपिङ्ग सेन्टरमा आगजनी गरेको तथ्य सार्वजनिक भएको छ ।
जिल्ला प्रहरी कार्यलयका कास्कीका प्रखुक एसपी मोहन थापाकाअनुसार पसल सञ्चालक गहतराजले बीमा रकम हत्याउनका लागि उक्त पसलमा आगजनी गरेका हुन् । विगत केहि वर्षदेखि पोखराको पोखराको लेकसाईडमा सपिङ्ग सेन्टर सञ्चालन गर्दे आएका गहतराजको पसलले पछिल्लो समय खासै आम्दानी दिन सकेको थिएन । उनले गत चैतमा उक्त पसलको बीमा पनि गराएका थिए ।
हिमालयन एभरेष्ट इन्स्योरेन्समा उनले २ करोड १० लाख रुपैयाँ बीमांक रकमको बीमा गराएको कम्पनीले जनाएको छ । कम्पनीको गण्डकी प्रदेश कार्यलयबाट उनको पसलको बीमा गत चैतमा भएको कम्पनीले विकासन्युजलाई जानकारी दिएको छ ।
पसल नचलेर भाडा समेत तिर्न हम्मे हम्मे परिरहेको अवस्थाले गहतराज निकै तनावमा थिए पछिल्लो समय । भाडाको विषयमा गहतराज र उनका घरधनीबीच विवाद नै हुने गरेको थियो । यसरी पसल नचलेर हैरानी बनेका गहतराजलाई उनका साथि पवन पवन नेपालले एउटा जुक्ति दिए ।
स्याङ्गजा घर भएका ४३ वर्षीय नेपालले ३६ वर्षीय आफ्नै साथि गहतराजलाई सो पसलमा आगो लगाउन सिकाए । नेपालले पहिला आफुले पनि आफ्नो पोल्ट्रि फर्ममा आगो लगाएर बीमा कम्पनीसँग ३१ लाख रुपैयाँ हत्याएको भन्दै गहतराजलाई आगो लगाउन उक्साए । उनले बीमा कम्पनीले रकम दिएपछि १० लाख आफुलाई चाहिने पनि शर्त राखे ।
उनको सो जुक्ति पनि गहतराजले आगो लगाउने निधो गरे । २ करोड बढी बीमाको रकम पाइने आशले गलत सल्हाको लैलैमा लागेर महर्जनले आफ्नो पसल मुक्तिनाथ सपिङ्ग सेन्टरमा आगो लगाए ।
गहतराजले बीमा गरेको ४ महिना पछि साउन १६ गते राति २ बजे आफ्नो पसलमा सलाई कोरेर आगो लागाए । प्रहरी, दमहल र स्थानीयको सहयोगमा सो आगो सोहि राति ३ बजेतिर नियन्त्रणमा आयो । आगजनीबाट पसलमा रहेको ग्रोसरी, वाईन र कस्मेटिक सामानहरु जलेर नष्ट भयो । आगोबाट ७५ लाख रुपैयाँ बराबर सो घरमा पनि क्षेति भएको जिल्ला प्रहरी प्रमुख थापाले बताए । थापाका अनुसार पसलमा पनि ठुलो धनको क्षती भएको छ ।
गहतराजले आगो लगाएको भोलि पल्ट साउन १७ गते बीमा कम्पनी हिमालयन एभरेष्टको गण्डकी प्रदेश कार्यलयमा दाबी भुक्तानीका लागि निवेदन दिएको कम्पनीले जनाएको छ ।
एसपी थापाका अनुसार गहतराज सहित २ जना व्यक्ति गाडीमा आएर सो पसलमा छिरेका थिए । १५ मिनेट पछि गहतराज सो गाडीमा फर्किएका थिए । तत्कालै सलाई कोरि आगो लगाएर उनका साथि सो गाडीको पछि पछि दौडिएको थापाले विकास निउजलाई बताए । सीसीटीभी फुटेजको अध्ययन गर्दा उक्त भिडियो देखिएको एसपी थापाले उल्लेख गरे ।
उनीहरुले सो आगली विद्युत सर्ट भएर भन्ने उल्लख गरेका थिए । प्रहरीले विद्युत प्राधिकरणसँग बुज्दा विद्युतको कुनै कैफिएत नभएको जानकारी प्राधिकरणले दिएको एसपी थापाले बताए ।
प्रहरीले विद्युत सर्ट भएर उक्त आगलागी नभएको निष्कर्समा पुग्यो । त्यसपछि अनुसन्धानको एङ्गल पसल सञ्चालक तर्फ मोडियो । विभिन्न प्राविधिक विश्लेषण गर्दा उक्त घटना बीमा रकम हत्याउनका लागि भएको पुष्टी भएपछि प्रहरीले उक्त २ जनालाई पक्राउ गरेको थापाले जनाएका छन् ।
नेपालले आफ्नो पोल्टि फर्ममा आगो लगाएर ३१ लाख रुपैयाँ बीमा कम्पनीबाट दाबी भुक्तानी दिएको विषयमा पनि थप अनुसान्धान भइरहेको एसपी थापाले बताएका छन् । अनुसन्धानबाट जे पुष्टि हुन्छ सोहि अनुसार कारबाही हुने उनले उल्लेख गरे । ३१ लाख वाला घटनामा बीमा कम्पनीलाई के कस्तो कारबाही हुन्छ भन्ने प्रश्नमा उनको जवाफ, ‘सो विषय अनुसन्धानकै चरणमा रहेको छ । अनुसन्धानबाट जो जो दोषि देखिन्छन् ति सबैलाई कारबाही हुन्छ ।’
Copyright © 2025 Bikash Media Pvt. Ltd.