२०८१ साउन २२ गते १५:२६ विकासन्युज
काठमाडौं । जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८०/८१ मा ढेड खर्ब बढीको व्यापार गरेका छन् । हाल नेपालमा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले गत आवमा कम्पनीहरुले १ खर्ब ५६ अर्ब ३३ करोड रुपैयाँ बढीको व्यवसाय गरेका हुन् ।
जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा धेरै व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स छ । नेपाल लाइफले ४० अर्ब ८५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा नेशलन लाइफले १९ अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
यसैगरी लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले १८ अर्ब १० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने हिमालयन लाइफ इन्स्योरेन्सले १६ अर्ब ६० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
कुन कम्पनीको कति ?
Copyright © 2025 Bikash Media Pvt. Ltd.