२०८१ साउन २३ गते १२:४७ विकासन्युज
काठमाडौं । वैदेशिक रोजगार म्यादी जीवन बीमा बजारमा ३ कम्पनीको कब्जामा रहेको देखिएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा वैदेशिक रोजगार म्यादी जीवन बीमा बजारको करिब ६० प्रतिशत हिस्सा ३ कम्पनीले ओगटेका छन् ।
गत आवमा उक्त बीमाअन्तर्गत ३ अर्ब १२ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन भएको छ । जसको ५८.१२ प्रतिशत हिस्सा सन नेपाल लाइफ, नेपाल लाइफ र आइएमई लाइफले कब्जा गरेका छन् ।
गत आवमा नेपालमा १० बीमा कम्पनीले उक्त बीमालेख बिक्री गर्दै आएका थिए । जसमध्ये ७ कम्पनीले बाँकी ४१ प्रतिशत बजारमा प्रतिस्पर्धा गर्नुपरेको हो ।
सन् नेपाल लाइफले मात्रै ८४ करोड ३० लाख रुपैयाँ वैदेशिक रोजगार म्यादी जीवन बीमालेखबाट आर्जन गरेको छ । उक्त रकम वैदेशिक रोजगार बीमा बजारको २७ प्रतिशत हो ।
यसैगरी, नेपाल लाइफले ६२ करोड ८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । जुन करिब २० प्रतिशत हो ।
यस्तै, आइएमई लाइफले ३५ करोड ३५ लाख रुपैयाँ र एशियन लाइफले ३० करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
यता सबैभन्दा कम व्यपार प्रभु महालक्ष्मी लाइफले गरेको छ । यस पोलिसिअन्तर्गत प्रभु महालक्ष्मीले जम्मा १८ लाख रुपैयाँ मात्र बीमाशुल्क संकलन गरेको छ ।
चालु आवमा भने प्रभु महालक्ष्मीले यस बीमालेख बिक्री नगर्ने भएको छ ।
कुन कम्पनीको बजार हिस्सा कति ?
Copyright © 2025 Bikash Media Pvt. Ltd.