४५ वर्षमा ४० हेलिकप्टर दुर्घटना, ८० जनाको निधन, कुन कम्पनीको हेलिकप्टर कति पटक दुर्घटना ?

  २०८१ साउन २३ गते १६:१४     विकासन्युज

काठमाडौं । नेपालमा हवाइ यात्रालाई असुरक्षाका रुपमा लिन थालिएको छ । विभिन समयमा एकपछि अर्को दुर्घटनाले नेपाली आकाश असुरक्षित छ भन्ने सन्देश प्रवाह गरिरहेको छ ।

नागरिक उडड्यन प्राधिकरणका अनुसार पछिल्लो ४५ वर्षको अवधिमा नेपालमा ४० वटा हेलिकप्टर दुर्घटना भएका छन् । विभिन्न समयमा भएका हेलिकप्टर दुर्घटनाको कारण हालसम्म ८० जनाले ज्यान गुमाएका छन् ।

नेपालमा सञ्चालित भीभीआईपी, हिमालयन हेलिकप्टर, नेपाल एयरवेज, कर्णाली एयर, गोर्खा एयरलाएन्स, एसिएन एयरलाइन्स, मनकामना एयरवेज, सिम्रिक एयर, एयर डाइनेस्टी, श्री एयरलाइन्स हेली हान्सा, फिटसल एयर, मनाङ एयर र माउन्टेन हेली कम्पनीको हेलिकप्टर हालसम्म दुर्घटनामा परेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.