वीरगञ्जमा भारतीय नागरिकको कोठामा स्टोरी गरी राखिएको ५ करोडको भेप बरामद

  २०८१ साउन २५ गते १७:३२     विकासन्युज

पर्सा । वीरगञ्जमा एक भारतीय नागरिकको कोठाबाट ठूलो परिमाणमा भन्सार छलेर भण्डारण गरी राखेको भेप (इलेक्ट्रिक चुरोट) पर्सा प्रहरीले बरामद गरेको छ ।

प्रहरीले विशेष सूचनाको आधारमा शुक्रबार करिब १ बजे वीरगञ्ज महानगरपालिका-६ रेल्वेरोड बस्ने रामप्रसाद बरैको घरमा कोठा भाडामा लिइ भारत विहार बस्ने सुदामा प्रसादले अनाधिकृत रूपमा भण्डारण गरी राखेको एल्फबार राया डी ३/ २५००० ब्रान्डको भेप छापा मारेर बरामद गरेको हो ।

७६ कार्टुनमा प्रतिकार्टुन २ सय थानको दरले जम्मा १५ हजार २ सय थान भेप बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद भएको भेपको मूल्य करिब ४ करोड ८६ लाख २४ हजार ८ सय रुपैयाँ छ । भेपबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।