२०८१ साउन २७ गते ७:४७ विकासन्युज
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्ष २०८०/८१को चौथो त्रैमासमा खुद बीमाशुल्क आर्जन १५.७६ प्रतिशत बढेर ३ अर्ब ४५ करोड २५ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ९८ करोड २० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १०.५६ प्रतिशत बढेर गत वर्ष २ अर्ब ८४ करोड ६९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ५७ करोड ४३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
गत असारसम्म कम्पनीको खुद नाफा २६.५२ प्रतिशत घटेर ५७ करोड ४९ लाख ६७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ७८ करोड २५ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ४ अर्ब ४५ करोड ४१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ९८ करोड ८७ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।
ग्त असारसम्म कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ, सेयर प्रिमियम १ अर्ब २६ करोड ७६ लाख रुपैयाँ, महाविपत्ति कोष १५ करोड ७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ५० करोड २० लाख रुपैयाँ र अन्य इक्विटी ३७ करोड २१ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी घटेर १४.५१ रुपैयाँमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३४.९४ रुपैयाँ रहेको छ । गत असारसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १५७.८७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३५.२३ गुणा छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.