२०८१ साउन ३० गते ७:४५ विकासन्युज
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ३२ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष ३६.९१ प्रतिशत बढी नाफा आर्जन गरेको हो ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको खुद बीमाशुल्क ९.४८ प्रतिशत बढेर ७ अर्ब ८४ करोड ९६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब ८४ करोड २ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १७.७४ प्रतिशत बढेर ९ अर्ब ६४ करोड २८ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब १८ करोड ९१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
गत असारसम्म कम्पनीको कुल आम्दानी १५.६४ प्रतिशत बढेर १२ अर्ब २८ करोड ६३ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १० अर्ब ६२ करोड ४२ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।
यस्तै कम्पनीको कुल खर्च १४.४३ प्रतिशत बढेर ११ अर्ब २५ करोड ५ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ९ अर्ब ८३ करोड १२ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ, महाविपत्ती कोष २२ करोड ७२ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग ३४ करोड ९ लाख रुपैयाँ र अन्य इक्विटी ४ करोड ६३ लाख रुपैयाँ सञ्चित छ ।
कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी ७.६१ रुपैयाँबाट बढेर ९.६६ रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ६४.४६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११.०७ रुपैयाँ रहेको छ ।
कम्पनीले ३० अर्ब २४ करोड ३२ लाख रुपैयाँ दीर्घकालिन लगानी र ११ अर्ब २३ करोड २६ लाख रुपैयाँ सर्टटर्म लगानी गरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.