२०८१ साउन ३० गते १२:४० विकासन्युज
काठमाडौं । गत आर्थिक वर्ष २०८०/०८१ मा अघिकांश निर्जीवन बीमा कम्पनीहरूको खुद नाफा उल्लेख्य रूपमा बढेको छ । कम्पनीहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार १२ कम्पनीको नाफा बढ्दा २ कम्पनीको भने घटेको छ ।
समग्रमा ५२.६२ प्रतिशतले नाफा वृद्धि भएको छ । अघिल्लो आव २०७९/०८० मा ४ अर्ब ८६ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका कम्पनीहरूले गत आवमा भने ७ अर्ब ४२ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
४ वटा कम्पनीहरूको नाफ शतप्रतिशतभन्दा धेरैले बढेको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको खुद नाफा वृद्धि उच्च रहेको छ । आईजीआईको खुद नाफा १५२.४५ प्रतिशतले बढ्दा शिखर, प्रभु र यूनाईटेड अजोड इन्स्योरेन्सको नाफा क्रमशः १२६.९९, ११८.१८ र १०८ प्रतिशतले बढेको हो ।
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, शिखर, प्रभु र युनाइटेड अजोडको नाफा सतप्रतिशतभन्दा बढी वृद्धि भएको छ । आईजीआईले नाफा २५१.४५ प्रतिशत वृद्धि गरेर ६० करोड ६१ लाख, शिखरले ५१ करोड ३० लाख, प्रभुले ४९ करोड ९ लाखर युनाइटेड अजोडले ३८ करोड ५२ लाख रुपैयाँ खुद नाफा गरेको छ ।
चार वटा कम्पनीको नाफा ८० प्रतिशतभन्दा बढी वृद्धि भएको छ । नेपाल इन्योरेन्सको ८७.८३ प्रतिशत, सगरमाथा इन्स्यारेन्सको ८३.९६ प्रतिशत, ओरियन्टलको ८३.४२ प्रतिशत र सिद्धार्थ प्रिमियरको ८२.५२ प्रतिशत खुद नाफा बढेको छ ।
यस्तै, नेशनल र हिमालयन एभरेष्टको नाफा क्रमशः ५२.०२ प्रतिशत र ५०.०९ प्रतिशतले बढेको छ । एनएलजी र सानिमाको खुद नाफा क्रमशः २१.७८ प्रतिशत र २०.९१ प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष नेको र राष्ट्रिय बीमा कम्पनीको नाफा भने क्रमशः २.७८ र १८.८० प्रतिशतले घटेको तथ्यांकले देखाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.