२०८१ साउन ३१ गते ७:२२ विकासन्युज
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा ४६ करोड ९२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा २ करोड ६२ लाख रुपैयाँ नाफा गरेको कम्पनीको गत वर्ष भने ऋणात्मक हुन पुगेको हो ।
गत असारसम्म कम्पनीको सञ्चालन आम्दानी ५.२२ प्रतिशत घटेर १ अर्ब ६३ करोड ९९ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७३ करोड १ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
कम्पनीको कुल नाफा ७८.९७ प्रतिशत घटेर ८ करोड ७२ लाख रुपैयाँ, अन्य आम्दानी ९९.१२ प्रतिशत घटेर ६ लाख रुपैयाँ र सञ्चालन नाफा १३ करोड ४६ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ६६.६७ प्रतिशत बढेर ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ र जगेडा कोष ६४.५७ प्रतिशत घटेर २९ करोड २१ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १५.२६ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १६३.२४ रुपैयाँ रहेको छ ।
अधिकांश सूचकमा गिरावट आएपनि कम्पनीले व्यवस्थापकीय विश्लेषणमा भने सन्तोषजनक वित्तीय विवरण रहेको बताएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.