राष्ट्रिय जीवन बीमा कम्पनीको नाफामा १४५.४५ प्रतिशत उछाल, ईपीएस ११३.२० रुपैयाँ

  २०८१ साउन ३१ गते ८:३२     विकासन्युज

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा १४५.४५ प्रतिशत बढेर १५ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत असारसम्म कम्पनीले ९ अर्ब ४ करोड ८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ४९ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले गत असारसम्म १२ अर्ब ९७ करोड २६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १२ अर्ब १५ करोड ३५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ, महाविपत्ति कोष २ करोड ९० लाख रुपैयाँ, रिटेन्ड अर्निङ ६० करोड ९४ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको महाविपत्ति कोष १ करोड २६ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ४७ करोड ११ लाख रुपैयाँ थियो । अघिल्लो वर्ष ४६ अर्ब १३ करोड ७५ लाख रुपैयाँ रहेको जीवन बीमा कोष गत वर्ष १६.७२ प्रतिशतको बढेर ५३ अर्ब ८५ करोड ११ लाख रुपैयाँ पुगेको छ

कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) ३४.५९ रुपैयाँबाट बढेर ११३.२० रुपैयाँ पुगेको छ ।