२०८१ साउन ३१ गते १३:२१ विकासन्युज
काठमाडौं । गत आर्थिक वर्ष २०८०/ ०८१ मा जीवन बीमा कम्पनीहरुको खुद नाफा औसत १५.१८ प्रतिशतले बढेको छ । यो अवधिमा १४ वटा जीवन बीमा कम्पनीहरूले ५ अर्ब ७३ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । अघिल्लो आव २०७९/०८० मा यस्तो नाफा ४ अर्ब ९७ करोड ७० लाख रुपैयाँ थियो ।
कम्पनीहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा हिमालयन लाइफ इन्स्योरेन्स रहेको छ । हिमालयन लाइफले ६३ करोेड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा सन् नेपाल लाइफले ५७ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । आईएमई लाइफले ५१ करोड ४५ लाख, नेपाल लाइफले ५१ करो ४० लाख र मेट लाइफले ५० करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
धेरै नाफा वृद्धि गर्ने कम्पनीको पहिलो नम्बरमा सिटिजन लाइफ छ । सिटिजनले अघिल्लो आवको तुलनामा गत आवमा २१६.४७ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ । कम्पनीले गत आवमा ३२ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा यस्तो नाफा १० करोड २६ लाख रुपैयाँ थियो ।
राष्ट्रिय जीवन बीमा कम्पनी, सूर्यज्योति लाइफ र आइएमई लाइफको खुद नाफा क्रमशः १९५.४४, १४६ र १४५ प्रतिशतले वृद्धि भएको छ । यसैगरी प्रभु महालक्ष्मी लाइफको खुद नाफा १०४.४१ प्रतिशतले वृद्धि भएको हो ।
अघिल्लो आवको तुलनामा गत आवमा सन नेपलाल लाइफ, मेट लाइफ र एआईसी नेपालको भने खुद नाफा घटेको छ । सन नेपालको नाफा अघिल्लो आवको तुलनामा घटे पनि नाफाको हिसाबमा भने हिमालयनलाई पछ्याइरहेको छ । हिमालयनको नाफा ६३ करोड ३८ लाख हुँदा सन नेपालले ५७ करोड ४९ लाख रुपैयाँ छ । जुन जीवन कम्पनीमा दोस्रो बढी नाफा हो ।
कुन कम्पनीको नाफा कति ?
Copyright © 2025 Bikash Media Pvt. Ltd.