२०८१ भदौ १ गते १३:०९ विकासन्युज
काठमाडौं । भारत आफ्नो कच्चा तेलको आवश्यकता परिपूर्तिका लागि आयातमा निर्भर छ । उसले आफ्नो आवश्यकताको ८० प्रतिशत आयात गर्छ । कच्चा तेल खरिद गर्ने हिसाबले भारत तेस्रो ठूलो देश हो।
भारतले सबैभन्दा बढी तेल रुसबाट खरिद गरेको छ । विश्वको तेस्रो ठूलो तेल उपभोक्ता तथा आयातकर्ता भारतले जुलाईमा रुसबाट २ अर्ब ८० करोड अमेरिकी डलरको कच्चा तेल खरिद गरेको छ ।
रुसबाट तेल आयात गर्नेमा भारत चीनपछि दोस्रो स्थानमा छ । एक रिपोर्टका अनुसार रुसमा भारत कच्चा तेलको सबैभन्दा ठूलो आपूर्तिकर्ताको रूपमा उभिएको छ। यो तेल रिफाइनरीहरूमा पेट्रोल, डिजेल जस्ता इन्धनमा परिणत हुन्छ ।
फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेपछि केही युरोपेली देशहरूले रुसबाट खरिद नगरेपछि रुसी तेल छुटमा उपलब्ध भएको थियो।
युक्रेन युद्धअघि रुसबाट कच्चा तेल आयात कुल आयातित तेलको एक प्रतिशतभन्दा कम थियो। यो अहिले भारतको कुल तेल खरिदको करिब ४० प्रतिशत हो।
सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन एयर (सीआरईए) ले एक प्रतिवेदनमा चीनले रुसको कच्चा तेल निर्यातको ४७ प्रतिशत, भारत ३७ प्रतिशत, युरोपेली संघ ७ प्रतिशत र टर्कीले ६ प्रतिशत खरिद गरेको उल्लेख छ ।
तेल मात्र होइन, चीन र भारतले रुसबाट कोइला पनि किनेका छन् । प्रतिवेदन अनुसार ५ डिसेम्बर २०२२ देखि जुलाई २०२४ को अन्त्यसम्म चीनले रुसको कुल कोइला निर्यातको ४५ प्रतिशत किनेको छ ।
त्यसपछि भारत १८ प्रतिशत, टर्की १० प्रतिशत, दक्षिण कोरिया १० प्रतिशत र ताइवानले ५ प्रतिशतले खरिद गरेका छन् । एजेन्सी
Copyright © 2025 Bikash Media Pvt. Ltd.