बारामा १३ सय ४३ साना उद्योग दर्ता, साढे ९६ लाख राजस्व संकलन

  २०८१ भदौ २ गते १७:५४     विकासन्युज

फाइल फोटो

बारा । घरेलु तथा साना उद्योग कार्यालय, बारामा आर्थिक वर्ष २०८०/८१ मा जम्मा १ हजार ३ सय ४३ वटा साना तथा घरेलु उद्योग दर्ता भएका छन् ।

२ अर्ब २२ करोड १७ लाख ८८ हजार ६ सय २७ रुपैयाँ कुल पुँजीको लागतमा सञ्चालित सो उद्योगको ३ अर्ब ४६ करोड ३ लाख ५५ हजार वार्षिक उत्पादन क्षमता भएको कार्यालय प्रमुख धर्मेन्द्रलाल कर्णले जानकारी दिए ।

नयाँ तथा पुरानो गरी हालसम्म दर्ता भएका वाणिज्यतर्फका १ हजार ३ सय ९६ वटा र साना घरेलुतर्फका १ हजार १७ वटासमेत गरी २ हजार ४ सय १३ रहेका छन् । यसमध्ये वाणिज्यतर्फ २ सय २९ र साना उद्योगतर्फ १ सय ६० गरी ३ सय ८९ वटाले लगत कट्टी गरेको कार्यालयले जनाएको छ ।

बाराका घरेलु तथा साना उद्योग कार्यालयले ती उद्योगहरूबाट जम्मा ९६ लाख ४५ हजार दुई सय ५० राजस्व संकलन गरेका कर अधिकृत उपेन्द्र यादवले जानकारी दिए ।

कार्यालय प्रमुख धर्मेन्दलाल कर्णका अनुसार दर्ता भएका ती उद्योगमा हाल १ हजार ५ सय ४१ जनाले रोजगारी पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.