२०८१ भदौ ७ गते १५:३६ विकासन्युज
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको शुक्रबार सम्पन्न ३६औं वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७९/८० लाभांश पारित भएको छ।
काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न सभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार ४२५ रुपैयाँको कुल १४ प्रतिशत लाभांश अनुमोदन गरेको हो । जसमा १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर रहेको छ । सभाले नगद लाभांश र बोनस सेयरबापतको कर प्रयोजनका लागि ३ करोड ६९ लाख २८ हजार ६८.३९ रुपैयाँ नगद लाभांश पनि स्वीकृत गरेको छ ।
सभाले कम्पनी ऐन, २०६३ को दफा (०५ ९१) ग बमोजिम आव २०७९/८० मा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ । आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि सभाले स्वीकृत गरेको छ । आव २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक पनि निर्धारण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले गत साउन २४ गते १ दिन बुक क्लोज गरेको थियो । यसको मतलब साउन २३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो इस्योरेन्सको लाभांश पाउने कम्पनीले बताएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.