प्रभु महालक्ष्मी लाइफले घोषणा गर्याे १०.५२ प्रतिशत लाभांश

  २०८१ भदौ १० गते ७:००     विकासन्युज

काठमाडौं । प्रभु महालक्ष्मी लाइफले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीको भदौ ७ गते बसेको सञ्चालन समितिको बैठकले १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद गरी कुल १०.५२६ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत र आगामि वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने कम्पनी सचिव किशोर प्रसाद लामिछानेले जानकारी दिए ।