पाँचवटा जीवन बीमा कम्पनी अर्ब क्लबमा, साउनमा यस्तो छ कम्पनीको व्यापार

  २०८१ भदौ २० गते १९:३६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना (साउन) मा जीवन बीमा कम्पनीहरूले १८ अर्ब बढी बीमाशुल्क संकलन गरेका छन् । साउन महिनामा जीवन बीम कम्पनीहरूले १८ अर्ब ५३ करोड ६८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

नेपालमा सञ्चालित १४ जीवन बीमा कम्पनीले उक्त बीमाशुल्क संकलन गरेका छन् । बीमाशुल्क संकलनमा ५ कम्पनीले अर्ब रुपैयाँ बढी संकलन गरेका छन् । नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी), हिमालयन लाइफ इन्स्योरेन्स र सूर्यज्योति लाइफ इन्स्योरेन्सले एक अर्ब बढी बीमा रकम संकलन गरेका हुन् ।

जसमध्ये सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफले संकलन गरेको छ । नेपाल लाइफले ५ अर्ब ७१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गर्दा नेशनल लाइफले २ अर्ब २६ करोड ५४ लाख रुपैयाँ संकलन गरेको छ ।

यसैगरी, एलआईसीले २ अर्ब ७ करोड ८० लाख रुपैयाँ, हिमालयन लाइफले १ अर्ब ९३ करोड ३४ लाख र सूर्यज्योति लाइफले १ अर्ब १२ करोड ९३ लाख रुपैयाँ बीमाशुल्क संकल गरेको छ ।

कुनको कति ?: