२०८१ भदौ २३ गते ११:२४ विकासन्युज
काठमाडौं । नेपालमा विद्युतीय गाडी, चार्जिङ स्टेशन तथा अरू विद्युतीय पूर्वाधारसहितको प्रणालीमा काम गर्दै आइरहेको नेपालको अग्रणी संस्था दिगाे ग्रुपले
दिगो अटो कार्निभल २०२४ सम्पन्न गरेकाे छ ।
भाद्र १९ देखि २२ गतेसम्म बल्खुको मोर्डन पार्टी प्यालेसमा आयोजित कार्यक्रममा ३०० भन्दा बढी व्यक्तिगत तथा व्यावसायिक ग्राहकहरूको उपस्थिति रहेको थियो । सोही कार्निभलबाट दिगोले ५ वटा ११ सिटर इभी भ्यान डिएफएसके डाँफाेको हस्तान्तरण र ३३ वटा गाडीको बुकिङ्ग भएको दिगाेले जनाएकाे छ ।
कार्निभलमा पुराना सवारीसाधनलाई नयाँ विद्युतीय सवारीसाधनसँग एक्सचेन्ज (सट्टापट्टा) अफर गर्ने सुविधासमेत पाएका थिए । साथै सहभागीहरूलाई नगद छुट, एक्सचेन्जमा थप मूल्याङ्कन, इन्स्याेरेन्स र सरल वित्तीय योजनाहरू लगायतका विभिन्न आकर्षक अफरहरू उपलब्ध गराइएकाे थियाे ।
चार दिनसम्म चलेको कार्निभलमा दिगो ग्रुपले आफ्ना विभिन्न विद्युती गाडीहरूको प्रदर्शनी गरेकाे थियाे । सहभागीहरूले ती गाडीहरूको टेस्ट ड्राइभ गर्न पाउने मौका पनि पाएका थिए ।
दिगोले आफ्नो राष्ट्रिय सेल्स पार्टनर ग्रीन अटोमोबिल्ससँग सहकार्य गरेर कार्निभलकाे आयाेजना गरेको थियो । दिगो ग्रुपले भविष्यमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्दै जाने प्रतिबद्धता जनाएको छ।
दिगोको विद्युतीय गाडी अब भाडामै पाइने
Copyright © 2024 Bikash Media Pvt. Ltd.