२०८१ भदौ २६ गते १७:५७ विकासन्युज
काठमाडाैं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले यस वर्षको नाडामा सार्वजनिक गरेको टाटा पन्च इभीको १ हप्तामा १ सय प्लस युनिट काठमाडौंमा डेलिभरी गरिसकेको छ ।
पन्च इभीको नाडाको पहिलो दिनमै सयभन्दा धेरै बुकिङ लिएर बिक्री सुरु भएको सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतीले जानकारी दिए ।
उनका अनुसार पन्च इभीको रिजनल लन्च बिर्तामोडबाट सुरु भइसकेको छ । टाटा पन्च इभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेकाे छ ।
पन्च इभी ३३.९९ को भेरिएन्टमा योभन्दा दुई सेगमेन्ट माथिका विशेषताहरूमा भ्वाइस एसिस्टेड सनरुफको साथै ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो/एप्पल कार प्लेको आनन्द लिन सकिने छ।
पन्च इभीको ग्राउन्ड क्लियरेन्स १९० मीमी रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.