यो हो संसारकै धनी बिरालो, कति छ सम्पत्ति ?

  २०८१ भदौ २७ गते १३:००     विकासन्युज

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा रहेको ‘नाला’ नाम गरेको एउटा बिरालो विश्वकै धनी बिरालो हो । उसको कुल सम्पत्ति ९ अर्ब २२ करोड रुपैयाँबराबर छ ।

नालाले इन्स्टाग्राममा एउटा पोस्टबाट करिब १३ लाख रुपैयाँ कमाउँछ । नालाको कथा एनिमल सेन्टरबाट सुरु भएको हो । नालाकी मालिक वारिसिरी माथाचित्तीफन उर्फ ​​पुकी हुन् ।

उनले नालालाई लस एन्जलसको एक उद्धार केन्द्रबाट ग्रहण गरेकी थिइन् । पुकीले पहिलो पटक नालालाई देख्नासथ नै मन पराएकी थिइन् ।

पुकीले इन्स्टाग्राममा नालासँग आफ्ना तस्बिरहरू सेयर गर्न थालिन् । केही समयमै नाला सामाजिक सञ्जालमा चर्चित बन्यो ।

इन्स्टाग्राममा नालाका ४५ लाखभन्दा बढी फलोअर्स छन् । नालाको कुल सम्पत्ति ८ करोड ४० लाख पाउन्ड छ । यस हिसाबले एक पोस्टको औसत लागत १२ हजार पाउन्ड (लगभग १३ लाख रुपैयाँ) छ ।

नाला इन्टरनेटमा आफ्नो पोस्टमार्फत ‘कुरा’ गर्ने पहिलो बिरालामध्ये एक भएको पुकीले भर्खरै एउटा टिभी कार्यक्रम ‘दिस मर्निङ’ मा बताएकी थिइन् ।

यसकै कारण नालाले आफ्नो छुट्टै पहिचान बनाएको हो । मानिसहरूले उसलाई मन पराउन थाले । नालाको लोकप्रियता सामाजिक सञ्जालमा मात्रै सीमित छैन । यो बिरालोको आफ्नै बिरालो फुड ब्रान्ड पनि छ। उसको आफ्नै मर्चेन्डाइज ब्रान्ड पनि लन्च भएको छ । यी सबैबाट राम्रो आम्दानी हुन्छ ।

नालाले इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गर्ने बिरालोका रूपमा गिनिज वर्ल्ड रेकर्ड पनि राखेको छ । उसले चार जनालाई हराएर ‘टिकटकर अफ द इयर’ को उपाधि पनि जितेको छ ।

‘नालाको इन्स्टाग्राम खाता व्यवस्थापन गर्नु मेरो फुल टाइम जब भएको छ,’ पुकी भन्छन् । नालाको अप्रत्याशित लोकप्रियताबाट पुकी धेरै खुसी छिन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.