२०८१ भदौ २७ गते १३:४४ विकासन्युज
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० विमान मर्मतपछि बिहीबार काठमाडौं आइपुगेको छ ।
गत असार ८ मा विमानको विस्तृत परीक्षण विस्तृत परीक्षण (सी–चेक) का लागि इटाली गएको एन एएलवाई कलसाइनको उक्त विमान करिब साढे दुई महिनापछि बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमको ए–३३० (अन्नपूर्ण) विमान बिहीबार बिहान ८ बजेर ३६ मिनेटमा काठमाडौं अवतरण गरेको हो ।
निगमको अर्को वाइडबडी विमान पनि सी-चेकका लागि इटाली गएको छ । निगमले २२ जुन (असार ८) मा इटलीमा मर्मतका लागि पठाएको थियो ।
निगमसँग अन्तर्राष्ट्रिय उडानमा रहेका ४ एयर बसमध्ये हाल दुई न्यारोबडी मात्रै उडानमा थिए । एक वाइडबडी थपिएपछि अब तीन विमानमार्फत अन्तर्राष्ट्रिय उडान हुने निगमले उल्लेख गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.