हाथवे इन्भेष्टमेन्टको १०.५२ प्रतिशत लाभांश घोषणा

  २०८१ भदौ २८ गते ११:१५     विकासन्युज

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब २८ करोड ७० लाख रुपैयाँको १० प्रतिशत बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरू वितरण गरिने कम्पनी सचिव सुधा अर्यालले जानकारी दिए ।

कम्पनीले यसअघि आर्थिक वर्ष २०७९/८० मा १०.५२६ प्रतिशत, आर्थिक वर्ष २०७८/७९ मा १० प्रतिशत र आर्थिक वर्ष २०७७/७८ मा ५५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.