साहस उर्जाले घोषणा गर्याे लाभांश, चुक्ता पुँजी ७ अर्ब ५६ करोड रुपैयाँ पुग्ने

  २०८१ असोज २ गते १०:५३     विकासन्युज

काठमाडौं । साहस उर्जा कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ ३१ गते बसेको बैठकले ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०८०÷८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब ५० करोड रुपैयाँको ८ प्रतिशत अर्थात् २८ करोड रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत अर्थात् १ करोड ४७ लाख ३६ हजार रुपैयाँ नगद गरी कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७८ करोड रुपैयाँ पुग्नेछ । साथै कम्पनीले बोनस पश्चात् १ सय प्रतिशत हकप्रद सेयर वितरण गर्नेछ । हकप्रद सेयरपश्चात् कम्पनीको चुक्ता पुँजी ७ अर्ब ५६ करोड रुपैयाँ पुग्ने कम्पनी सचिव दिनेश कुमार रोक्कले जानकारी दिए ।