आज सेयरधनी बने यी दुई कम्पनीको लाभांश पाउने

  २०८१ असोज ६ गते ७:५९     विकासन्युज

काठमाडौं । आज असोज ६ गते दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । सीईडीबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी र ओरियण्टल होटलले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात् असोज ७ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीले लाभांश प्रापत गर्नेछन् ।

सीईडीबी हाइड्रो कम्पनीले दुई आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव गरेको छ । लाभांश र हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न कम्पनीले असोज २१ गते बिहान १० बजे कालिमाटी ब्याङ्क्वेट काठमाडौंमा साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको सभाले बोनस सेयरपश्चात् चुक्ता पुँजीको ५४.५ प्रतिशत अर्थात् १ः०.५४५ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै ओरियण्टल होटल्सले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार रुपैयाँको ५ प्रतिशतका दरले ५ करोड ६४ लाख ४ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले २९ लाख ६८ हजार रुपैयाँ बराबरको नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश पारित गर्न असोज २० गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा २७औँ वार्षिक साधारण सभा डाकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.