बच्चाहरूले छिट्टै सिक्छन् यी ५ खराब बानी, अभिभावकले कसरी राख्ने ख्याल ?

  २०८१ असोज ६ गते १८:२७     विकासन्युज

काठमाडौं । भनिन्छ- बच्चाहरू काँचो माटोजस्ता हुन्छन् । उनीहरूलाई जे सिकायो त्यहीं सिक्छन् । जुन परिस्थितिमा ढाल्यो, त्यसैअनुसार ढल्छन् भन्ने हामीले सुन्दै आएको कुरा हो । यो भनाइ सही पनि हो । बच्चाहरू आफ्नो वरपर जस्तो देख्यो, उस्तै गर्न खोज्छन् । उनीहरूलाई के राम्रो, नराम्रो थाहा हुँदैन । यस्तो अवस्थामा धेरै पटक बालबालिकाले देख्ने र सुन्ने कुरा उनीहरूको बानी बन्न पुग्छ । यस्तो अवस्थामा आमाबुवाले बच्चाको ख्याल गर्नुपर्छ । आफ्नो बच्चाको हरेक स-साना कुरामा अभिभावकले ध्यान दिने हो भने बच्चाले केही गलत गर्नबाट उसलाई जाेगाउन सकिन्छ । आउनूहोस् जानौं बच्चाले सजिलै सिक्ने यी ५ खराब बानी :

आफ्नो गल्ती नस्वीकार्नु

कुनै पनि बच्चाले के सही ? के गलत ? थाहै नपाइ काम बिगार्छन् । जानी-नजानी गल्ती स्वीकार गर्दैनन्। लाज वा सजायको डरले उनीहरू यस्तो गर्छन् । यदि तपाईंको बच्चाले आफूले गरेको गल्तीको जिम्मेवारी लिँदैन भने उसले झूट बोल्न सक्छ । जसले भोलिका दिनमा धेरै ठूला समस्याहरू निम्त्याउन सक्छ । महत्त्वपूर्ण कुरा याे हाे कि बच्चाले बिना डर आफ्नो गल्ती स्वीकार गर्न सक्ने  शान्त वातावरण बनाउनु पर्छ ।

अभिभावकले भनेको नमान्नु

भनेको नमान्नु पनि एक बानी हो । जुन बच्चाहरूले छिट्टै सिक्छन्। विशेषगरी जब ऊ भित्रबाट उत्प्रेरित वा खुशी महसुस गर्दैन । चाहे त्यो गृहकार्य होस् वा घरको काम । यसैगरी, जिम्मेवारीबाट जोगिने बानी, जसबाट छुटकारा पाउन धेरै गाह्रो छ ।

अरूको विचारलाई महत्त्व नदिनु

प्रायः तपाईंले आफूलाई मन पर्ने मान्छे देख्नु भएको होला । उनीहरू आफूबाहेक सबैमा कमीकमजोरी पाउँछन् र उनीहरूको आफ्नै दृष्टिकोण मात्र महत्त्वपूर्ण देखिन्छ । यो खराब बानी हो । कतिपय बच्चाहरू पनि यस्ता कुरा धेरै चाँडै सिक्छन् । तपाईं आफ्नो बच्चालाई बाल्यकालदेखि नै राम्राेसँग सुन्न सक्ने बनाउनूहोस् । बच्चालाई अरूको निर्णय र दृष्टिकोण पनि सुन्ने बनाउनुपर्छ ।

धेरै गफ गर्ने

कतिपय बच्चाहरू धेरै गफ दिने हुन्छन् । उनीहरूलाई आफ्नै परिवारको बारेमा गफ गर्ने बानी बढी हुन्छ । तपाईंको घरमा यस्तो बच्चा छ भने तपाईंले कुरा गर्दा ध्यान दिनुपर्छ । बच्चासँगै भएकोबेला कोसँग कुरा गर्ने ? के कुरा गर्ने ? भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ ।

सरसफाइमा ध्यान नदिनु

बच्चाहरू आफै सरसफाइ गर्न सक्दैनन् । उनीहरूलाई के फोहोर, के सफा पनि थाहा हुँदैन । अझ बढी फोहोरमै खेल्न उनीहरूलाई रमाइलो लाग्छ । अभिभावकले उनीहरूलाई यो फोहोर हो, यसमा खेल्न हुँदैन भनेर नसम्झाउने हो भने पछि उनीहरूलाई समस्या हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.