२०८१ असोज १० गते १९:४५ विकासन्युज
काठमाडौं । एनएमबि बैंकले भविष्यका बैंकिङ क्षेत्रका लिडरहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘एनएमबी नेक्स्टजेन बैंकिङ लिडर स्कलरशीप’ घोषणा गरेको छ ।
बैंकले काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा अध्यनरत प्रत्येक प्रदेशका एक–एक गरी जम्मा सातजना विद्यार्थीहरूलाई यो छात्रवृत्ति प्रदान गरेको छ ।
विद्यार्थीहरूमा अग्रिमरूपमा नेतृत्व शैली विकास गर्दा बैंकिङ क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास एनएमबि बैंकले लिएको छ ।
यस छात्रवृत्तिको मूल उद्देश्य प्रतिभावान विद्यार्थीहरूमा लगानी गरी बैंकिङ क्षेत्रको भविष्य सुनिश्चित गर्नु हो ।
विद्यार्थीहरूलाई बैंकिङ क्षेत्रमा आवश्यक पर्ने सीप तथा ज्ञान प्रदान गर्दै भावी दक्ष बैंकरहरू उत्पादन गरी बैंकिङ क्षेत्रको विकासमा टेवा पुर्याउने लक्ष्य एनएमबि बैंकले लिएको छ ।
एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हालसम्म चारपटक नेपालको उत्कृष्ट बैंकको उपाधी प्राप्त गरिसकेको छ ।
एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.