सर्वोत्तम सिमेन्टले गर्यो नि:शुल्क स्वास्थ्य शिविर

  २०८१ असोज ११ गते १२:५४     विकासन्युज

काठमाडौं । सर्वोत्तम सिमेन्टले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सिमेन्टले असोज ५ गतेका दिन झापा जिल्लाको भद्रपुर नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

‘सुखद जीवनका लागि हौं निरोगी’ भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल १०६ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएका छन् र कम्पनीले निःशुल्क औषधी समेत वितरण गरेको छ । उक्त शिविरमा वरिष्ठ फिजिशियन तथा वरिष्ठ गाइनोकोलोजिष्ट लगायत अन्य १२ जना सहयोगीहरुले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

साथै, उक्त कार्यक्रममा भद्रपुर नगरपालिकाका उपप्रमुख श्रीमती राधा कार्की, वडा नं. ९ का वडा अध्यक्ष राम प्रसाद दाहाल, प्रगति टोल विकास समितिका अध्यक्ष टेक बहादुर रोक्का तथा यसै उद्योगका प्रतिष्ठित व्यक्तित्वहरू अतिथिका रुपमा उपस्थिति रहेका थिए ।

आफ्नो सामाजिक उत्तरदायित्व बोध गर्दै कम्पनीले सो निःशुल्क स्वास्थ्य शिविरको कार्यक्रम ल्याएको हो । साथै आगामी दिनहरुमा पनि यस प्रकारका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै जान कम्पनी प्रतिबद्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.