दशैंमा किसानलाई राहत, उखु र दुग्ध किसानको भुक्तानीको लागि २ अर्ब निकासा

  २०८१ असोज ११ गते १७:१२     विकासन्युज

काठमाडौं । लामो समयदेखि भुक्तानी नपाएर तड्पिरहेका किसानहरूले दशैंअघि भुक्तानी पाउने भएका छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले उखु तथा दूग्ध किसानहरूको झन्डै २ अर्ब बक्यौता दशैंअघि नै वितरण हुने जनाएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले उखु तथा दुग्ध किसानको बाँकी बक्यौता रकम उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छ । मन्त्रालयका अनुसार झन्डै २ अर्ब रुपैयाँ निकासा भइसकेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बक्यौता रकम तिर्न शुक्रबार ऋण लगानीको तमसुक तथा भुक्तानीका लागि अनुमति दिएको छ । त्यस्तै, आठ जिल्लाका उखु किसानले पाउनुपर्ने १ अर्ब ४५ करोड बढी रकम मन्त्रालयले रकमान्तर गरी भुक्तानीका लागि जिल्लाहरूमा पठाएको छ।

त्यसका लागि महालेखा नियन्त्रक कार्यालयको अनुमति र अर्थ मन्त्रालयले रकम बाँडफाँड गरी शुक्रबार नै सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनी) लाई पठाइएको छ ।

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले उखु तथा दुग्ध किसानलाई दशैंअघि नै भुक्तानी गरिने दावी गरे ।

उखु किसानलाई रकम उपलब्ध गराउन कृषि मन्त्रालयले गरेको प्रस्तावअनुसार अख्तियारी तथा बाँडफाँट शुक्रबार भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.