ढोरपाटनका मेयर देवकुमार नेपाली पक्राउ

  २०८१ असोज ११ गते १७:०५     विकासन्युज

काठमाडौं । बा‍गलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली पक्राउ परेका छन् ।

‍शुक्रबार भारतकाे दिल्लीमा उनी पक्राउ परेकाे प्रहरी स्राेतले जनाएकाे छ । प्रहरीका अनुसार उनलाई इन्टरपोलमार्फत नेपाल ल्याउने तयारी भइरहेको छ ।

नेपाली इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत हुन् । बचतकर्ताकाे रकम अपलचन गरेर उनी लामो समयदेखि फरार थिए।

मेयर नेपालीविरुद्ध १ हजार ५७३ जनाले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ। अहिलेसम्म मेयर देवकुमार र उनकी पत्नी छेलाविरुद्ध बिगो एक अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ रहेको जनाइएकाे छ ।

देवकुमारसहित ११ जनाविरुद्ध २०८० असार २५ गते जिल्ला सरकारी वकिलको कार्यालय, बागलुङले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रहरीले मेयर देवकुमार र उनकी पत्नीविरुद्ध इन्टरपोलमार्फत २४ जनवरी २०२४ (१० माघ २०८०) मा रेड नोटिससमेत जारी गराएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.