२०८१ असोज ११ गते १८:३५ विकासन्युज
काठमाडौं । शाओमीले रेड्मी १४ सी नेपाली बजारमा सार्वजनिक भएकाे छ । शाओमीले रेड्मी १३ सीको सफलताको रूपमा आफ्नो नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी १४ सी लिएर आएको हो ।
रेड्मी १४ सी स्मार्टफोनले प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
रेड्मी १४ सी मा ६.८८ इन्चको डट ड्रप डिस्प्लेसहित १२० हर्ट्ज रिफ्रेस रेट रहेको छ । मिडियाटेक हेलियो जी ८१–अल्ट्रा प्रोसेसरद्वारा सञ्चालित यो स्मार्टफोनले सहज मल्टिटास्किङ गर्न सक्छ । साथै गेममा पनि याे स्मार्टफाेनले राम्राे प्रदर्शन गर्ने जनाइएकाे छ ।
स्मार्टफाेनमा ५० मेगापिक्सेलको एआई डुअल क्यामेरा र १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेकाे छ ।
यसैगरी, फाेनमा अधिकतम ८ जीबी र्याम र २५६ जीबी स्टोरेजसहित ५ हजार १६० एमएएच ब्याट्री रहेकाे छ । साथै यसमा १८ वाटको फास्ट चार्जिङ क्षमता रहेको छ।
रेड्मी १४ सी मिडनाइट ब्ल्याक, ड्रीमी पर्पल र सेज ग्रीनका तीन आकर्षक रंगहरूमा उपलब्ध छ ।
४ जीबी + १२८ जीबी, ६ जीबी + १२८ जीबी, ८ जीबी + २५६ जीबी भेरियन्टहरूमा उपलब्ध रेड्मी १४ सी को मूल्य क्रमशः रु १३,९९९, रु १५,९९९ र रु १८,९९९ रहेको छ ।
रेड्मी १४ सी असोज ११ देखि नेपालभरका सबै एमआई स्टोर र शाओमीका आधिकारिक रिटेल आउटलेटहरूमा उपलब्ध हुनेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.