नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा रामेन्द्र रायमाझी

  २०८१ असोज १५ गते १४:३९     विकासन्युज

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघले आफ्नो नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ निर्वाचित संघको कार्यसमितिमा रामेन्द्र रायमाझी अध्यक्ष  भएका छन् ।

यस्तै, मनिष नारायण जोशी उपाध्यक्ष, निर्मल भट्टराई महासचिव र शिभान्त राज पाण्डे कोषाध्यक्षमा निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा सन्दिप कार्की, पुष्पा शर्मा र लेखनाथ पोख्रेल निर्वाचित भएका छन् । मंगलबार सम्पन्न अधिवेशनबाट उनीहरु निर्वाचित भएको संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.