२०८१ असोज १९ गते १४:१३ विकासन्युज
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले चाडबाडका बेला अत्यावश्यक मानिने हवाई सेवालाई अवरुद्ध हुने गरि कुनै पनि गतिविधि नगर्न गरेका छन् ।
विमान परिचालकहरूको आन्दोलनपछि उडान रद्द हुँदा दुबई र हङकङका २ वटा उडान रद्ध भएका थिए । ४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलन गरिरहेका क्याबिन क्रु (विमान परिचारकरपरिचारिका) हड्तालमा उत्रिएपपछि मन्त्री पाण्डेले आन्दोलनरत पक्ष र नेपाल एयरलाइन्सका प्रतिनिधिहरूलाई मन्त्रालयमा बोलाएर छलफल गरेका हुन् ।
‘निगमका कार्यरत परिचालिका र परिचालकको विषयमा सर्वोच्च अदालतले समेत दुई पटक छुट्टाछुट्टै आदेश दिएको छ,’छलफलका क्रममा मन्त्री पाण्डेले भने,‘ भने, ‘उक्त विषय अदालतले अन्तिम टुंगो लगाएको छैन । यसबीचमा विनियमावली परिवर्तन गर्न मिल्छ कि मिल्दैन यसबारे कानुनविद् र महान्यायाधिवक्तासँग बुझ्छौँ । चाडबाड र संकटको अवस्थामा कुनै पनि हालतमा सेवालाई नरोकिदिनुहोस् ।’
मन्त्री पाण्डेसँग उक्त कुरामा विमान परिचालिका एवं परिचालकहरूले भने आजै पुनः छलफल गरि काममा फर्किने गरि टुंगोमा पुग्ने विश्वास दिलाएका छन् । निगममा कार्यरत परिचारिकारपरिचारकहरूको संस्था नेफाल वायुसेवा क्याबिन क्रु संघले ४५ वर्षपछि अनिवार्य अवकासमा जाने नियम, सेवा सुविधामा विभेद भएको भनी ०८० पुसमा सर्वोच्च अदालतमा रिट निवदेन दिएका थिए ।
उक्त मुद्दाको किनारा लागेको छैन । निगमले ४५ वर्ष उमेर पुगेका क्याबिन क्रुको करार नवीकरण नगरेपछि असोज १६ यता उनीहरू पुनः आन्दोलनमा उत्रिएका थिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.