साढे ८३ करोड मूल्य पर्ने विश्वकै महँगो रक्सी, सेतो सुनको बोतल

  २०८१ असोज २० गते १४:०२     विकासन्युज

काठमाडौं । पेय पदार्थ रक्सी संसारका ती चीजहरूमध्ये एक हो, जसको मूल्य केही सय रुपैयाँदेखि करोडौं रुपैयाँसम्म छ ।

विश्वको सबैभन्दा महँगो रक्सीको बोतलको मूल्य करोडौं रुपैयाँ रहेको छ । यो महँगाे रक्सीकाे नाम इसाबेला इस्ले हो । यसकाे एउटा बोतलको मूल्य करिब ६२ लाख डलर (८३ करोड ५८ लाख २८ हजार रुपैयाँ) रहेकाे छ ।

यो रक्सी किन महँगो ?

सबैभन्दा ठूलो प्रश्न यो रक्सी किन महँगो छ ? वास्तवमा जुन बोतलमा यो रक्सी राखिएको छ त्यो ह्वाइट गोल्डले बनेकाे छ ।

यसमा ८ हजार ५०० हीरा र तीन सय रुबी राखिएकाे छ । यो सिंगल स्कच माल्ट व्हिस्की हो । यो मे २०११ मा सार्वजनिक भएको थियो ।

कहाँ पाइन्छ किन्न ?

isabellasislay.com अनुसार यो एक विशेष संस्करणको व्हिस्की हो । वेबसाइटमा राखिएकाे ‘हामीलाई सम्पर्क गर्नुहोस’ मा एउटा इमेल आईडी देखिन्छ । उक्त इमेलमा कम्पनीलाई सम्पर्क गरेर खरिद गर्न सकिन्छ ।

इसाबेला इस्लेबाहेक अन्य धेरै मदिरा छन्, जसको बोतलको मूल्य लाखौं र करोडौं रुपैयाँ छ । तीमध्ये म्याकलन एम पनि प्रमुख हाे । यो रक्सीको बोतलको मूल्य ८ करोड रुपैयाँभन्दा बढी छ ।  म्याकलन व्हिस्कीकाे बोतलकाे मूल्य करिब ६ करोड ४२ लाख रुपैयाँ रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.