एनएमबि बैंकले उद्धार कोषलाई दियो ५१ लाख, प्रधानमन्त्री ओलीले समाते चेक

  २०८१ असोज २१ गते १०:१५     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ बराबरको रकम सहयोग स्वरुप प्रदान गरेको छ ।

उक्त सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुन:स्थापना गराउन र बिग्रीएका, भत्किएका संरचनाहरुको पुनर्निमाण गर्न महत्वपूर्ण योगदान पुग्ने बिश्वास बैंकले लिएको छ ।

बैंकका उच्च पदाधिकारीहरूले आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगी उक्त सहयोग रकम बराबरको चेक प्रधानमन्त्री केपी शर्मा ओली समक्ष हस्तान्तरण गरे ।

बाढी पहिरोबाट प्रभावित समुदायहरूलाई अत्यावश्यक राहत र सहायता प्रदान गर्ने उद्देश्यका साथ प्रदान गरेको उक्त सहयोग बैंकको सामाजिक उत्तरदायित्व र सामुदायिक कल्याणप्रति आफ्नो प्रतिबद्धता हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.