२०८१ असोज २३ गते १८:३८ विकासन्युज
काठमाडौं । काठमाडौंको न्यूरोड संधै चलायमान रहन्छ । चाडपर्वकाे बेलामा त झन् त्यहाँ खुट्टा राख्ने ठाउँ हुँदैन । केही दिनअघिसम्म ठेलमठेल अवस्था रहेकाे न्युराेड अहिले भने शान्त छ । अहिले मानिसकाे भीड पातलिएकाे छ ।
न्यूरोडसँगै असन, बौद्ध, रत्नपार्कलगायत ठाउँमा पनि मानिसकाे भीड पातलिएकाे छ ।
नेपालीहरूको महान चाड विजया दशमी घर आँगनमै आइसकेकाे छ । दशैं मनाउन विदेश गएकाहरू धमाधम स्वदेश फर्किरहेका छन् भने सहर पसेकाहरू पनि गाउँ गइरहेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.