ब्रोकर नम्बर ६२ले घोषणा गर्याे लाभांश

  २०८१ कार्तिक २ गते ८:२४     विकासन्युज

काठमाडौं । क्यापिटल म्याक्स सेक्युरिटिज (ब्रोकर नम्बर ६२)ले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश पारित गर्न कम्पनीले कात्तिक २४ गते बिहान ९ बजे एटिक रेष्टुरेण्ट ज्ञानेश्वर काठमाडौंमा दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ ।

सभाले कम्पनी सञ्चालनको क्रममा कम्पनीलाई थप पुँजीको आवश्यकता परी हाल कायम चुक्ता पुँजी र सञ्चित नाफा (फ्रि रिजर्भ)को रकमभन्दा बढीको विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण दिन आवश्यक परेमा सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

कम्पनीको सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असारसम्मको वासलात, हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरण, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ ।