ब्रिटिश काउन्सिल नेपालद्वारा आईईएलटीएस पार्टनर समिटको आयोजना, को-को भए सम्मानित ?

  २०८१ कार्तिक ४ गते १३:०७     विकासन्युज

काठमाडौं । ब्रिटिश काउन्सिल नेपालले आईईएलटीएस पार्टनर समिटको आयोजना गरेकाे छ । युवा नेपाली विद्यार्थी र पेशाकर्मीहरूलाई अन्तर्राष्ट्रिय शिक्षा र करिअर विकासका अवसरहरूमा पहुँच प्राप्त गर्न मद्दत गर्ने उद्देश्यले समिटकाे आयोजना गरेकाे हाे ।

यस समिटले नेपालीहरूलाई विभिन्न विषयहरूमा अन्तर्राष्ट्रिय योग्यता हासिल गरेर नेपालमा शिक्षाका अवसरहरू अभिवृद्धि गर्ने प्रतिबद्धता ब्रिटिश काउन्सिलले गरेकाे छ ।

समिटमा अप्रिल २०२३ देखि मार्च २०२४ सम्म आईईएलटीएस परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने साझेदारहरू सम्मानित पनि भएका  छन् ।

‘आईईएलटीएस उपहार अभियान’ को दोस्रो सिजन पनि सुरु भएकाे छ । यो अभियानमा प्रत्येक महिना एक विशेष बम्पर पुरस्कारसहित एप्पल म्याकबुक एयर पुरस्कार प्रदान गरिनेछ ।

बम्पर पुरस्कारमा टर्किस एयरलाइन्सद्वारा प्रायोजित संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकाका लागि दुई एकतर्फी टिकटहरू समावेश छन् । बम्पर पुरस्कारमा अष्ट्रेलियाको लागि एकतर्फी टिकट पनि समावेश छ, जुन टर्किस एयरलाइन्स बाहेक कुनै पनि एयरलाइन्सबाट प्राप्त गर्न सकिन्छ ।

यस अभियानमा सहभागी हुनको लागि ब्रिटिश काउन्सिलमा आईईएलटीएस बुक गर्न र भुक्तानी गर्न आवश्यक छ । यो अफर अक्टोबर २०२४ देखि सुरु हुने कुनै पनि परीक्षा मितिहरूको लागि २६ सेप्टेम्बर र ३० नोभेम्बरको बीचमा भुक्तानी गरिएका सबै पेपर र कम्प्युटर रेजिस्ट्रेसन आईईएलटीएसको लागि मान्य हुनेछ ।

कार्यक्रममा विभिन्न विधामा जम्मा २९ वटा पुरस्कारहरू प्रदान गरिएको थियो । उत्कृष्ट प्रदर्शन गर्ने संस्था इक्यान रहेकाे छ भने उत्कृष्ट प्रदर्शन गर्ने संस्था (प्लाटिनम पार्टनर) अर्बिट मेडिकल इन्ट्रान्स प्रालि रहेकाे बताइएकाे छ ।

कसले के पुरस्कार पायाे ?

राइजिङ स्टार

१. काठमाडौं एडवाइज फाउन्डेसन प्रालि
२. काठमाडौं ग्लोसा प्रिपेटरी एकेडेमी प्रालि
३. काठमाडौं ओसियानिया एजुकेसन कन्सल्टेन्सी प्रालि
४. धरान सुमेधा एजुकेसन नेटवर्क प्रालि
५. पोखरा टाइम एकेडेमी प्रालि

सिटी एक्सिलेन्स

१. विराटनगर इडेन एकेडेमी कन्सल्टेन्सी प्रालि
२. बिर्तामोड फास्ट ट्रेक एजुकेसन कन्सल्टेन्सी प्रालि
३. बुटवल ग्लोबल हब एजुकेसनल नेटवर्क
४. चितवन मेस्नफिल्ड इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी
५. हेटौंडा क्याम्ब्रिज एजुकेसन सेन्टर प्रालि
६. पोखरा मिरेकल ईन्स्टिच्युट प्रालि

कास्य पदक

१. ब्रिटिश अमेरिकन एजुकेयर प्रालि
२. ग्रेस इन्टरनेसनल ग्रुप प्रालि
३. लेकहेड एजुकेसन प्रालि
४. मोटिफ एजुकेसन अब्रोड प्रालि
५. नेपाल इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सी प्रालि
६. ओली एण्ड एसोसियटस प्रालि
७. स्टडी स्क्वायर नेपाल प्रालि

रजत पदक

१. एइसीसी नेपाल
२. एजुकेसन फर्स्ट ट्रेडिङ एज इडिएफ एडमिसन्स
३. केआइइसि लर्निङ सेन्टर प्रालि
४. माभेन कन्सल्टिङ ग्रुप
५. अर्बिट इन्टरनेसनल एजुकेसन प्रालि
६. राइटपाथ करियर काउन्सिलिङ प्रालि

स्वर्ण पदक

१. एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस

२. आरटिसि ईंग्लिश

३. द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी प्रालि

विधा साझेदारको नाम

टिनम पुरस्कार अर्बिट मेडिकल इन्ट्रान्स प्रालि

सर्वश्रेष्ठ एसोसिएशन पुरस्कार

एजुकेसन कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल