वितरणयोग्य नाफा, ईपीएस र खराब कर्जाको आधारमा २० वाणिज्य बैंकको तुलना, को केमा अगाडि ?

  २०८१ कार्तिक १० गते १७:३४     विकासन्युज

काठमाडाैं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८१/०८२ को पहिला त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकहरूले सार्वजनिक गरेको रिपोर्टअनुसार वितरणयोग्य नाफामा नबिल बैंक अगाडि रहेको छ । यसैगरी, प्रतिसेयर आम्दानीमा स्ट्याण्डर्ड चार्टर्ड बैंक अगाडि रहेको छ भने खराब कर्जा कम हुनेमा एभरेष्ट बैंक अगाडि छ ।

वितरण योग्य नाफा

नबिलको ४ अर्ब ९८ करोड १२ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । वितरण योग्य नाफाका आधारमा कृषि विकास बैंक दोस्रो नम्बरमा रहेको छ । कृषि विकासको २ अर्ब ७९ करोड ३१ लाख रपैयाँ वितरण योग्य नाफा रहेको छ भने प्राइम कमर्सियल बैंकको २ अर्ब ७३ करोड ९ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको छ ।

यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ अर्ब २ करोड ५ लाख, ग्लोबल आईएमई बैंकको १ अर्ब ९१ करोड ६१ लाख, नेपाल एसबीआई बैंकको १ अर्ब ८६ करोड ९० लाख, सानिमा बैंकको १ अर्ब ७१ करोड ३५ लाख, एभरेष्ट बैंकको १ अर्ब ६३ करोड ९ लाख, एनएमबी बैंकको १ अर्ब ६ करोड ६७ लाख र माछापुच्छ्रे बैंकको १ अर्ब ६ करोड ५६ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको छ ।

प्रतिसेयर आम्दानी (ईपीएस)

प्रतिसेयर आम्दानी (ईपीएस)का आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक अगाडि रहेको छ । स्ट्याण्डर्डको ईपीएस ३६.५७ रुपैयाँ रहेको छ भने नेपाल एसबीआई बैंकको ३१.०३ रुपैयाँ रहेको छ । यसैगरी, नबिल बैंकको २९.८३ रुपैयाँ प्राइम कमर्सियल बैंकको ईपीएस २६.५३ रुपैयाँ, एनएमबी बैंकको २४.९५ रुपैयाँ र प्रभु बैंकको १७.६४ रुपैयाँ ईपीएस रहेको छ ।

ईपीएस कम हुनेमा एनआईसी एशिया बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेको छ ।

खराब कर्जा

सबैभन्दा धेरै खराब कर्जा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको रहेको छ । नेपाल इन्भेष्टमेण्ट मेगाको जम्मा कर्जाको ५.८४ प्रतिशत खराब कर्जा रहेको छ भने लक्ष्मी सनराइज बैंकको ५.४४ र सिटिजन्स बैंकको ५.४१ प्रतिशत खराब कर्जा रहेको छ ।

यसैगरी, हिमालयन बैंकको ४.९८ प्रतिशत, कुमारी बैंकको ४ं९६ प्रतिशत, प्रभु बैंकको ४.९४ प्रतिशत, प्राइम कमर्सियलको ४.८६ प्रतिशत, कृषि विकास बैंकको ४.७८ र ग्लोबल आइएमई बैंकको ४.६७ प्रतिशत खराब कर्जा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.