अस्ट्रेलियामा टेक्सास कलेजलाई उत्कृष्ट आइटी कलेजको उपाधि

  २०८१ कार्तिक ११ गते ११:२९     विकासन्युज

काठमाडौं । टेक्सास इन्टरनेशनल कलेजले उत्कृष्ट आइटी कलेजको उपाधि जितेको छ। अस्ट्रेलियाको अस्ट्रेलिया नेशनल युनिभर्सिटीमा आयोजित एक कार्यक्रममा कलेजले उपाधि जितेको हो ।

टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका प्रधानाध्यापक श्यामसुन्दर श्रेष्ठले अवार्ड ग्रहण गरे ।

उक्त कार्यक्रम कलेज रिडर्स म्यागेजिनले आयाेजना गरेकाे थियाे । साेही अवसरमा उत्कृष्ट शैक्षिक संस्था तथा व्यक्तित्वहरूलाई सम्मान पनि गरिएको थियो ।

निर्णायक मण्डलले नेपालका विभिन्न कलेजहरूको आइटी शिक्षा, नवप्रवर्तन र विद्यार्थीहरूको सफलतालाई आधार मानेर मूल्याङ्कन गरेको मधेस विश्वविद्यालयका उपकुलपति प्रा.डा.दीपकबहादुर शाक्यले जानकारी दिए । उनकाे संयाेजकत्वमा निर्णायक मण्डल गठन गरिएकाे थियाे ।

अवार्ड ग्रहण गरेपश्चाते टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका प्रधानाध्यापक श्यामसुन्दर श्रेष्ठ ।