सीईडीबी हाइड्रोको नाफामा २०२ प्रतिशत उछाल, यस्ता छन् अन्य सूचक

  २०८१ कार्तिक १३ गते ७:१६     विकासन्युज

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासमा ९ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ३३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा यस अवधिमा कम्पनीको आम्दानी बढेपछि खुद नाफा २०२.२८ प्रतिशत बढेको हो ।

असोजसम्म कम्पनीको सेवा शुल्क, ब्याज र अन्य आम्दानी १४५.९२ प्रतिशत बढेर १० करोड ७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ९ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो ।

कम्पनीको प्रशासनिक खर्च ४२.७२ प्रतिशत बढेर ८८ लाख रुपैयाँ र कुल खर्च ४१.३९ प्रतिशत बढेर ८९ लाख रुपैयाँ गरेको छ ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २३.२१ प्रतिशत बढेर १ अर्ब ३ करोड रुपैयाँ छ भने जगेडा कोष ०.३९ प्रतिशत घटेर ४८ करोड ६० लाख रुपैयाँ रहेको छ ।

कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी २०.८० रुपैयाँ बढेर ३५.११ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ५०.९८ गुणा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.