२०८१ कार्तिक २५ गते १२:५० विकासन्युज
काठमाडौं । बैंकका जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । सिटिजन्स बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
बैंकले अफिसमा लागि ११ पदका लागि कर्मचारी माग गरेको हो । बैंकले एक सूचना प्रकाशित गर्दै क्लस्टर हेडदेखि आईटी सपोर्ट लगायतका अन्य पदमा कर्मचारी माग गरेको छ ।
बैंकले क्लस्टर हेडमा सिनियर अफिसर र एसिस्टेन्ट म्यानेजर पदका लागि कर्मचारीको माग गरेको छ । सिनियर अफिसर पदका निमित्त ८ र एसिस्टेन्ट म्यानजर पदका लागि १० वर्षको अनुभव हुनुपर्नेछ । यस्तै कानुन विभाग अन्तर्गत पनि क्लस्टर हेडको झैं पद र अनुभवसहित आवेदन आह्वान गरिएको छ ।
बैंकले जुनियर अफिसर, अफिसर र सिनियर अफिसर पदमा शाखा प्रबन्धकको माग पनि गरेको छ । जुनियर अफिसरका लागि ५ वर्ष र अफिसरका लागि ७ वर्ष अनुभव हुनुपर्ने सुचनामा खुलाइएको छ ।
साथै, बैंकले केही रिलेसनसिप अफिसर र चार्टर्ड एकाउन्टेन्टलाई जागिर दिने भएको छ । डिजिटल बैंकिङ इकाइतर्फ ग्राहक अनुभव इकाइमा सिनियर अफिसर, अफिसर, जुनियर अफिसर र सुपरभाइजर पदमा जागिर खुलेको छ । सुपरभाइजर पदमा आवेदन दिन ३ वर्षको अनुभव हुनुपर्नेछ ।
साथै, केही डेभलपरलाई पनि बैंकले जागिर दिँदैछ । बैंकले आईटी विभागमा आईटी एमआईएस इकाइ र आईटी सपोर्टमा केही कर्मचारी राख्ने जानकारी दिएको छ ।
ईच्छुक उम्मेदवारले मंसिर १५ गते बैंकको वेवासाईट मार्फत आवेदन दिन सक्नेछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.