युनिलिभरको नाफा साढे ५२ करोड रुपैयाँ, सञ्चित नाफा ५ अर्ब २८ करोड पुग्यो

  २०८१ कार्तिक २८ गते ८:४२     विकासन्युज

काठमाडौं । युनिलिभर नेपालले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा ५२ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा ४.६३ प्रतिशत घटेको देखिन्छ ।

असोज मसान्तसम्म कम्पनीले २ अर्ब २५ करोड ४५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

असोजसम्म कम्पनीको अन्य आम्दानी २ करोड ६७ लाख रुपैयाँ रहेको छ भने कुल आम्दानी २ अर्ब २८ करोड १२ लाख रुपैयाँ छ । गत वर्षको सोही अवधिमा कम्पनीको अन्य आम्दानी २ करोड ७९ लाख रुपैयाँ र कुल आम्दानी २ अर्ब ३५ करोड ३० लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा कम्पनीको कस्ट अफ मेट्रियल कन्जम्ड १ अर्ब २ करोड ५१ लाख रुपैयाँ, कर्मचारी खर्च १७ करोड ७७ लाख रुपैयाँ, वित्तीय खर्च ९० लाख रुपैयाँ गरी कुल खर्च १ अर्ब ६३ करोड ७५ लाख रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको कुल खर्च १ अर्ब ६७ करोड ९७ लाख रुपैयाँ थियो ।

गत वर्षको तीन महिनामा १२ करोड ८ लाख रुपैयाँ कर खर्च छट्याएको कम्पनीले यसपटक ११ करोड ६८ लाख रुपैयाँ छट्याएको छ ।

९ करोड २१ लाख रुपैयाँ पुँजी रहेको कम्पनीको सञ्चित नाफा ५ अर्ब २८ करोड १३ लाख रुपैयाँ रहेको छ । गत वर्ष सञ्चित नाफा ४ अर्ब ८२ करोड १४ लाख रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी ५७२ रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको मूल्य आम्दानी अनुपात २५० गुणा छ भने प्रतिसेयर नेटवर्थ ५ हजार ३३७ रुपैयाँ रुहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.